३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २६ सय नाघ्यो
पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २६ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार दैलेखमा मात्र ११३ जना संक्रमित थपिएका छन् ।
उनीहरु मध्ये १०८ जना नारायण नगरपालिका र ७ जना नौमुले नगरपालिकाको क्वारेन्टिनमा छन् ।
यससँगै नेपालमा संक्रमितको संख्या २६ सय ३४ पुगेको छ । उनीहरु मध्ये १० जनाको मृत्यु भएको छ भने २९० जना कोरोना मुक्त भएका छन् ।
Comments are closed.