काठमाडौँ — बाँकेको एउटै गाउँपालिका जानकीमा बिहीबार ४० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १५ देखि ३२ बर्षका पुरुष छन् । बिहीबार नै नेपालगञ्ज उपमहानगरपालीका १२ र १५ नं वडाका दुइजनामा पनि संक्रमण देखिएको छ । उनीहरु ३५ र २० बर्षका पुरुष हुन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार संक्रमित सबै क्वारेन्टाइनमा छन् । बाँकेमा बिहीबारसम्म संक्रमितको संख्या दुई सय ५५ पुगेको छ । विगतमा जानकी गाउँपालिकामा क्वारेन्टाइनमा बसेकाको परीक्षण नगरीकनै १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाइएको थियो ।
बाँकेका आठ मध्ये सात स्थानीय तहमा संक्रमण देखिइसकेको छ । कोहलपुरमा मात्रै हालसम्म कोरोना संक्रमण देखिएको छैन ।
Comments are closed.