Nepal's First Video FM

१४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएपछि मृत्यु भएका युवामा कोरोना पोजेटिभ

515

बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको छ।पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका ती युवा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए। उनको घर फर्किएकै राति मृत्यु भएको हो।

भारतबाट आएका २० वर्षीय ती युवक त्यसअघि विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए। १४ दिन क्वारेन्टिनमा बसेका उनको र्‍यापिड डाईग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा कोरोना भाइरस नेगेटिभ देखिएपछि घर पठाइएको थियो।

बिहिबार उनको स्वाब संकलन गरी सुर्खेतमा रहेको प्रयोगशालामा पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए।

यो सहित नेपालमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।

You might also like

Comments are closed.