तनहुँमा दुईजनामा कोरोना संक्रमण पुष्टि
तनहुँका दुईजना पुरुषमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
तनहुँका दुईजना पुरुषमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
जिल्लाको ऋषिङ गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका ३९ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको पोखरा स्थित गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उनीहरु दुवैजना ऋषिङकै हुन् ।
पोजेटिभ देखिएका दुवैजनालाई तनहुँको सरकारी अस्पतालमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।
Comments are closed.