थप १ जनामा कोरोना पुष्टि, अर्घाखाँचीमा संक्रमितको संख्या ४ पुग्यो
अर्घाखाँचीमा बिहिबार थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अर्घाखाँचीमा बिहिबार थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित त्यस जिल्लमा संक्रमितको संख्या ४ पुगेको छ । जिल्ला सितगंगा नगरपालिका ७ का ३६ वर्षीय युवामा अर्घाखाँची जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले जानकारी दिएका छन् ।
उनका अनुसार प्रादेशिक प्रयोगशाला भैरहवाबाट ती युवाको रिर्पोट पोजेटिभ आएको हो । उनलाई सदरमुकामको आईसोलेशनमा ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी विजयराज आचार्यले बताए । ‘लिन पठाईएको छ, उनी भारतबाट आएको बुझिएको छ,थप कुरा बुझ्न बाँकी छ’ प्रजिअ आचार्यले भने ।
Comments are closed.