Nepal's First Video FM

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

309

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सुर्खेतको पञ्‍चपुरीका २८ वर्षीय पुरुषको रहेका छन् ।

उनी जेठ ८ गते भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा रहेका थिए उनी क्‍वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । उनी घर पुगेकै दिन मृत्यु भएको जनाइएको छ । 

उनको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा कोरोना संक्रमण भएको पाइएको छ । 

देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ 

You might also like

Comments are closed.