Nepal's First Video FM

निको भएर डिस्चार्ज हुनेको संख्या ३ सय ३३ पुग्यो : कोरोना भाइरस

कोरोना भाइरस (कोभिड १९) जितेर शुक्रबारसम्म ३३३ जना डिस्चार्ज भएका छन् ।

74

कोरोना भाइरस (कोभिड १९) जितेर शुक्रबारसम्म ३३३ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा थप ४३ ले कोरोना जितेसँगै डिस्चार्ज हुनेको संख्या ३३३ पुगेको जनाएका हुन् ।

पछिल्लो २४ घन्टामा डिस्चार्ज हुनेमा कोसी अस्पताल विराटनगरबाट २७ छन् । उनीहरु धनकुटा, खोटाङ, उदयपुर, मोरङ, सप्तरी, सुनसरी र झापाका हुन् ।

त्यस्तै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र लायन्स डेन्टल अस्पतालबाट १३ जना निको भएर घर फर्किएका छन् । धरानबाट ३ जना डिस्चार्ज भएका प्रवक्ता देवकोटाले जनाए । अरु यसअघि नै विभिन्न जिल्लाका अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.