Nepal's First Video FM

कोरोना संक्रमण बढेको भन्दै दैलेखका दुई नगरपालिकामा कर्फ्यु

जिल्लामा कोरोना संक्रमण बढेको भन्दै दैलेख प्रशासनले शुक्रबार साँझ ६ बजेदेखि लागू हुनेगरी दुई नगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

345

जिल्लामा कोरोना संक्रमण बढेको भन्दै दैलेख प्रशासनले शुक्रबार साँझ ६ बजेदेखि लागू हुनेगरी दुई नगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । दैलेखमा शुक्रबारमात्रै थप ९१ जनामा कोरोना संक्रमण देखिएको छ ।]

शुक्रबार साँझ ६ बजेदेखि लागू हुनेगरी नारायण नगरपालिका र दुल्लु नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाइएको हो । भारतबाट आउनेको संख्या र संक्रमित उत्तिकै बढेकाले र्क्फ्यु नै लगाउन बाध्य भएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको भनाई छ ।

राजपत्रमा उल्लेख भएका अत्यावश्य सेवाबाहेकका अन्य कामहरु नगर्न प्रशासनले आदेश दिएको छ । नारायण नगरपालिकाको सम्पुर्ण सिमाना र दुल्लु नगरपालिकाको कर्णाली राजमार्ग छुने विभिन्न नाकामा समेत र्क्फ्यु लगाइएको हो । शुक्रबारमात्रै दैलेखमा ९१ जनामा संक्रमण देखिएको छ ।

निरन्तर कोरोना संक्रमण सख्या बढ्दै गएकाले सजगता अपनाउन र संक्रमणको बिस्तारलाई रोक्न र्क्फ्यु लगाइएको उनले बताए । ‘आरडीटी चेकजाँच गरेर घर गएकाहरुमा कोरोना पुष्टि भएको छ,’ उनले भने, ‘उनीहरुको खोजीकार्य भइरहेको छ ।’खुलेआम बजारमा हिँडडुल धेरै भएकाले र्क्फ्यु लगाउन बाध्य भएको उनको भनाई छ । दैलेखमा शुक्रबारसम्म ३ सय ८ जनामा कोरोना पुष्टि भएको छ भने दुई नगरपालिकाका ३ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा बस्दै आएका छन् । दैलेखमा कोरोनाबाट एकजनाको मृत्यु भएको छ ।

You might also like

Comments are closed.