विदेशमा अलपत्र शव ल्याउन सुरु
लकडाउनका कारण महिनौंदेखि विदेशमा अलपत्र परेका शव ल्याउन सुरु गरिएको छ।
लकडाउनका कारण महिनौंदेखि विदेशमा अलपत्र परेका शव ल्याउन सुरु गरिएको छ।
शुक्रबार एयर अरेबियामार्फत युएईबाट एउटा शव ल्याएसँगै अब बाँकी शव ल्याउन समेत बाटो खुलेको छ।
मलेसिया र खाडीलगायतका मुलुकमा लकडाउन अवधिमा मात्रै कोरोना बाहेक अन्य कारणले ज्यान गुमाएका २ सय १५ नेपालीहरुको शव अलपत्र अवस्थामा रहेको थिए। बोर्डका अनुसार कोरोना र अन्य कारणले ज्यान गुमाएका २ सय २६ शवहरु अलपत्र अबस्थामा थिए।
तीमध्ये सम्बन्धित मुलुकमै अन्त्येष्टिका लागि ८५ शवको सहमति प्राप्त भएको बोर्डले जनाएको छ। गन्तव्य मुलुकमै अन्त्येष्टिको लागि सहमति प्राप्त भएका शवहरूको व्यवस्थापनमा बोर्डले सहजीकरण गर्दै आएको छ।
हालसम्म विदेशमा अन्तिम संस्कार गर्न सहमति प्राप्त हुन नसकेका १ सय ५३ शवहरू अलपत्र अवस्थामा छन्।
लकडाउन र अन्तर्राष्ट्रिय उडानहरू समेत बन्द हुँदा कोरोना बाहेक अन्य कारण विदेशमा ज्यान गुमाएकाहरूको शव समेत महिनौंदेखि अलपत्र अवस्थामा थिए।
विदेशबाट समस्यामा परेका नेपाली फर्काउने निर्णयसँगै मन्त्रीपरिषद्ले अलपत्र अवस्थाका शव समेत फर्काउने निर्णय गरेको थियो। सो निर्णयसँगै चार्टर गरेर यात्रुहरू ओसार्ने जहाजमा शव समेत ल्याउन थालिएको हो।
यसरी ल्याइएको शवलाई डिसइन्फेक्सन गरेर घाटसम्म पुर्याउने व्यवस्था सरकारले गर्ने भएको छ।
Comments are closed.