Nepal's First Video FM

सामाजिक संजालमा लट्रीको प्रलोभन देखाउदै ठगी गर्ने ३ जना पक्राउ

591

फागुन ११, सामाजिक सञ्जाल र फोन मार्फत २५ लाखको लट्री जित्नु भएको छ भन्दै फोन तथा एसएमएस मार्फत ठगी गर्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ का २४ वर्षीय भिमबहादुर थापा, दैलेखको गुराँस गाउँपालिका-४ का २२ वर्षीय विष्णु सिजाली मगर र भारत बिहार पूर्वी चम्पारण मोतिहारी २० वर्षीय असरफ अली रहेका छन् ।

उनीहरुको साथबाट नगद नेपाली ३५ हजार, भारतीय ३ हजार २० रुपिँया, विष्णु सिजाली मगरको सक्कल नागरिकता प्रमाणपत्र र भिमबहादुर थापाको सक्कलै नागरिकता प्रमाणपत्र प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्दै पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले उनीहरुले सोझा साझा व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत फोन गरी ठग्ने गरेको बताए ।

हृवाट्सएप, इमो, भाईबर, फेसबुक जस्ता सामाजिक सञ्जाल र फोन मार्फत २५ लाखको लट्री जित्नु भएको छ भन्दै फोन तथा एसएमएसबाट बधाई दिने र सोही सामाजिक सञ्जाल मार्फत बैंक खाता नम्बर तथा परिचय खुल्ने कागजात पठाउन लगाई विश्वासमा पारी लट्री बापतको कर तिर्नुपर्छ भनेर रकम जम्मा गर्न लगाउदै ठग्ने गरेको एसपी रेग्मीले बताए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.