Nepal's First Video FM

करिव तीन महिना लामो लकडाउन खुकुलो बनाउने विषयमा सरकार अलमलमा परेको छ !

294

२४ जेठ, काठमाडौं करिव तीन महिना लामो लकडाउन खुकुलो बनाउने विषयमा सरकार अलमलमा परेको कोभिड१९ सम्बन्धी उच्चस्तरीय समिति यसैको सचिवालयका रुपमा काम गरिरहेको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परम्परमा बाझिने प्रस्ताव अघि सारेपछि लकडाउन कहिलेबाट खुकुलो हुन्छ भन्ने अलमल बढेको हो

उच्चस्तरीय समितिको शनिबार बसेको बैठकमा संयोजक ईश्वर पोखरेलले सयभन्दा कम एक्टिभ केस भएका जिल्लामा जेठ २५ देखि लकडाउन खुकुलो बनाउने प्रस्ताव पेश गरेका छन् त्यस्ता जिल्लामा पसलहरु खोल्ने, सैलुन खोल्ने, आधा यात्रु राखेर छोटा दुरीका सवारी चलाउने उनको प्रस्ताव

असार १ बाट अधिकांश व्यवसाय, अन्तरिक हवाई उडान, धार्मिकस्थल, सपिङ मल र आधा यात्रु राखेर लामो दुरीका सवारी साधन चलाउने पोखरेलको प्रस्ताव छ । असार १७ गतेपछि लकडाउन थप खुकुलो बनाउने र शैक्षिक संस्थाहरुसमेत खोल्ने पोखरेलको प्रस्तावमा उल्लेख छ ।

पोखरेलको प्रस्तावबारे छलफल भए पनि शनिबार कुनै निर्णय हुन सकेन । समितिमा एक सदस्यका अनुसार उच्चस्तरीय समितिमा ‘गोप्य’ भन्दै मन्त्रीहरुलाई दिइएको योजनाबारे सदस्यहरुले मौखिक सुझाव दिएका छन् । र, भोलिसम्म लिखितरुपमा सुझाव दिन भनिएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.