Nepal's First Video FM

पछिल्लो २४ घण्टामा कोरोना बाट ब्राजिलमा ९१० को मृत्यु

318

काठमाडौं । विश्वभर फैलिएको कोरोनाको महामारीका कारण पछिल्लो २४ घण्टामा कोरोनाले अमेरिकामा भन्दा ब्राजिलमा धेरैको मृत्यु भएको छ । 

अमेरिकामा पछिल्लो २४ घण्टामा ७०६ कोरोना संक्रमितको मृत्यु भएको छ भने ब्राजिलमा ९१० को मृत्यु भएको छ । केही दिन यता लगातार अमेरिकामा भन्दा ब्राजिलमा धेरै कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ । 

अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना प्रभावित देश हो भने ब्राजिल संक्रमितको संख्याका आधारमा दोस्रो स्थानमा छ । 

ब्राजिलमा हालसम्म संक्रमितको संख्या ६ लाख ७३ हजार पुगिसकेको छ भने अमेरिकामा यो संख्या साढे १९ लाख पुगिसकेको छ । 
 

You might also like

Comments are closed.