Nepal's First Video FM

सर्वाधिक कोरोना संक्रमण फैलिएका देशको सूचीमा पाचौं स्थानमा भारत, उछिन्यो स्पेनलाई

भारतमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको छ। भारतले सर्वाधिक संक्रमण फैलिएको देशको सूचीमा भारत पाँचौं स्थानमा उक्लिएको छ।

600

भारतमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको छ। भारतले सर्वाधिक संक्रमण फैलिएको देशको सूचीमा भारत पाँचौं स्थानमा उक्लिएको छ।

शनिबार मात्रै इटालीलाई उछिन्दै छैटौं स्थानमा उक्लिएको भारतले आइतबार स्पेनमा पनि उछिन्दै पाँचौं स्थानमा पुगेको हो।

सूचीको पहिलो स्थानमा अमेरिका छ। त्यहाँ १९ लाख १९ हजार ४ सय ३० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको ब्राजिलमा ६ लाख ४५ हजार ७ सय ७१, तेस्रो स्थानमा रहेको रुसमा ४ लाख ५८ हजार र चौथो स्थानमा रहेको बेलायतमा २ लाख ८६ हजार २ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ।

भारतमा ६ हजार ९ सय ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यस्तै, १ लाख १८ हजार ६ सय ९५ जना संक्रमणमुक्त भएका छन्।

You might also like

Comments are closed.