नेपालमा थप ३८ जना संक्रमण पुष्टि , संक्रमितको संख्या ३२ सय ७३ पुग्यो
थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमित गण्डकी प्रदेशमा पुष्टि भएको हो।
थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमित गण्डकी प्रदेशमा पुष्टि भएको हो।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माद्वारा आइतबार बिहान ६ बजे जारी सूचना अनुसार गण्डकी प्रदेशका चार जिल्लाहरु स्याङ्जा, बाग्लुङ, गोरखा र नवलपरासी पूर्वमा संक्रमण पुष्टि भएको हो।
जसअनुसार, स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १०, नवलपरासी पूर्वमा ४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित सबै पुरुष हुन्।
संक्रमित सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजानै तयारी भइरहेको सूचनामा भनिएको छ।
योसँगै नेपालभर संक्रमण पुष्टि हुनेको संख्या ३२ सय ७३ पुगेको छ।
Comments are closed.