Nepal's First Video FM

संखुवासभामा आगलागी, २० लाखबराबरको क्षति

संखुवासभाको चिचिला गाउँपालिकामा एक घरमा आगलागी हुँदा करिब २० लाखबराबरको क्षति भएको छ ।

355

संखुवासभाको चिचिला गाउँपालिकामा एक घरमा आगलागी हुँदा करिब २० लाखबराबरको क्षति भएको छ । चिचिला गाउँपालिका– ४ स्थित कर्णकुमार गुरुङको घरमा आगलागी हुँदा २० लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । उनका अनुसार शुक्रबार दिउँसो घरमा कोही नभएको अवस्थामा आगलागी भएको थियो ।

आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा नष्ट भएको छ । काठ र माटोले बनेको तीनतले घर आगलागीबाट पूर्ण नष्ट भएको प्रहरीले जनाएको छ । घर आगलागी भएको कारण पत्ता नलागेको प्रहरीको भनाइ छ । स्थानीयका अनुसार चुलाेमाथि राखिएको डोको झरेर आगो सल्किएको हुन सक्छ ।
आगलागीबाट पीडित परिवारलाई चिचिला गाउँपालिकाले सहयोग गर्ने भएको छ । प्रहरी र स्थानीयको सहयोगमा करिब तीन घन्टापछि आगो नियन्त्रणमा लिएको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.