Nepal's First Video FM

केन्द्रीकृत शासन स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर १७ बनाईयो

791

फाल्गुन ११, केन्द्रीकृत शासन प्रणालीअनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर १७ बनाइएको छ । त्यसोत अब संघीय सरकारमा १७ वटा मन्त्रालय रहने भएका छन् ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय घटाएर १७ मन्त्रालय बनाइएको महिला तथा बालबालिका मन्त्री थममाया थापाले बताइन् ।

केन्द्रीय निकाय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय) मा ३० वटा मन्त्रालय थिए अब केन्द्रीय निकायसहित १८ वटा प्रमुख निकाय रहने छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गाभिएर एउटै मन्त्रालय बन्ने भएको छ। यसैगरी कृषि, पशु विकास र भूमिसुधार मन्त्रालय गाभिएर कृषि, सहकारी तथा भूमिव्यवस्था मन्त्रालय बन्नेछ। सिँचाइ, ऊर्जा र खानेपानी मन्त्रालय गाभिएर जलस्रोत तथा ऊर्जा मन्त्रालय बनेको छ ।

यसैगरी वन र वातावरण मन्त्रालय गाभिएर वन तथा वातावरण मन्त्रालय बनेको छ भने महिला, बालबालिका र श्रम तथा रोजगार मन्त्रालय पनि गाभिएको छ। शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद मन्त्रालय गाभेर शिक्षा तथा विज्ञान प्रविधि र युवा खेलकुद मन्त्रालय बनाइएको छ भने संघीय मामिला, स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय गाभेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेको छ।

विभिन्न समय बनेका सरकारले यसअघि सुरुमा १८ को संख्यामा रहेको मन्त्रालय बढाउँदै २१, २५, २७ हुँदै ३० वटासम्म पुर्‍याएका थिए। सरकाद्वारा विभिन्न समयमा गठन गरिएका प्रशासन सुधार आयोग तथा प्रशासन पुनस्संरचना समितिले मन्त्रालयको संख्या घटाएर १२ देखि १८ वटासम्म पुर्‍याउन सरकारलाई सुझाव दिँदै आए पनि कार्यान्वयन हुन सकेको थिएन।

अब केन्द्रमा रहने मन्त्रालयहरुः मन्त्रालय र तिनका कार्य (जिम्मेवारीसहित)

१.प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन , मन्त्रिपरिषद्को सचिवालय, जनशक्ति व्यवस्थापन

२. अर्थ मन्त्रालय स् अर्थ नीति तथा योजना

३.उद्योग वाणिज्य तथा आपूर्तिस् उद्योग वाणिज्य र आपूर्ति सम्बन्धी कार्य

४. कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय स् ऐन नियम कानुन, संसदीय मामिला

५. कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालय स् कृषि पशुपालन सहकारी तथा भूमिसुकार

६. गृह मन्त्रालय स् शान्ति सुरक्षा तथा शान्ति व्यवस्था

७. जल श्रोत तथा उर्जा मन्त्रलाय स्सिंचाई, उर्जा, खानेपानी, जल उत्पन्न प्रकोप

८. परराष्ट्र मन्त्रालय स् परराष्ट्र मामिला

९.वन तथा वातावरण मन्त्रालय स् वन,वातावरण, भुसंरक्षण , जलाधार, जल तथा मौसम विज्ञान

१०. भौतिक पूर्वाधार तथा यातायात स् सडक, यातायात र आवास

११.महिला बालबालिका एवं श्रम तथा रोजगार स् महिला जेष्ठ नागरिक, तथा बालबालिका, श्रम तथा रोजगार सम्बन्धी कार्य

१२. रक्षा मन्त्रालय स् रक्षा सम्बन्धी

१३. शिक्षा, विज्ञान, प्रविधि एवं युवा तथा खेलकुद मन्त्रालय स् शिक्षा, विज्ञान, युवा , खेलकुद गतिविधि सम्बन्धी कार्य

१४. संस्कृति पर्यटन, नागरिक उड्ययन मन्त्रालय स् कला संस्कृति, पर्यटन, नागरिक तथा हवाई उड्ययन

१५. स्वास्थ्य तथा जनसख्ंया स् स्वास्थ्य, जनसंख्या सम्बन्धी कार्य

१६. शहरी विकास तथा खानेपानी स् शहरी विकास, योजना तथा खानेपानी सम्बन्धी

१७ .सञ्चार तथा सूचना प्रविधि स् सूचना, सञ्चार एवं प्रविधि सम्बन्धी कार्य

१८.संघीय मामिला तथा सामान्य प्रशासन स् स्थानीय, संघीय विकास , कर्मचारी तथा जनशक्ति व्यवस्थापन

news24nepal बाट साभार

You might also like

Comments are closed.