नायिका तापसी पन्नुको क्रेज बलिउडमा चुलिदै गएको छ । तापसीको स्पष्ट बोल्ने शैली र फरक कथामा रुचीका कारण पनि उनी चर्चित छिन् ।
उनै, नायिकाको पछिल्लो १ बर्षमा ५ वटा चलचित्र रिलिज भएका छन् । यी ५ चलचित्रको व्यापारिक आँकडा हेर्ने हो भने तापसी, सर्वाधिक कमाई गर्ने बलिउड नायिका बनेकी छिन् ।
तापसीले यो कुराको जानकारी पाएसँगै लेखेकी छिन्–‘ओहो, राम्रो । मलाई यो कुराको महशुश नै भएको थिएन । मलाई लाग्छ कि क्वारेन्टाइनको यो समय रोकेर पछाडि हेर्दै आफ्नो यात्रा संझिएर खुशियाली मनाउन आवश्यक छ ।’
तापसीले अभिनय गरेका पछिल्ला ५ चलचित्रहरुमा ‘बदला, गेम ओभर, मिशन मंगल, साँड कि आँख, थप्पड’ छन् । ‘गेम ओभर’ बाहेक तापसीका सबै चलचित्रलाई समिक्षकले पनि रुचाएका थिए ।
तापसी चलचित्रको पर्दामा आफूलाई फरक पात्रको रुपमा प्रस्तुत गर्न अग्रसर छिन् । यसैले पनि उनलाई फरक–फरक भूमिकामा दर्शकले पर्दामा हेर्न पाएका छन् ।
Comments are closed.