सरकारले पहिलो चरणमा ३० देशबाट २४ हजार नेपालीलाई ल्याउने निश्चित, कुन देशबाट कति ? विदेशमा रहेका नेपालीहरू लाई केही राहाँत
काठमाण्डौ – सरकारले कोरोनाको कारण विभिन्न ३० देशमा अलपत्र परेका २४ हजार १४८ जना नेपालीलाई घर फर्काउने निश्चित भएको छ । सरकारले तोकेको प्राथमिकताको आधारमा २४ हजार १४८ जना नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने विवरण विदेशमा रहेका नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका हुन् । सरकारले यसअघि अति नै समस्यामा परेकाको उद्धार गर्ने भने पनि कुन देशबाट कतिलाई ल्याउने भनेर सङ्ख्या खुलाएको थिएन ।
दूतावासहरुको विवरण अनुसार खाडीका देश र मलेसियाबाट सरकारले पहिलो चरणमा १७ हजार ७७४ जनाको उद्धार गर्ने भएको छ । उद्धार गर्ने नेपालीमा साउदीबाट ३३ सय १२, यूएईबाट ४१०, बहराइनबाट ३७२, कतारबाट ३ हजार ६०८, मलेसियाबाट ६ हजार ४२५, ओमानबाट ६५६, कुवेतबाट २ हजार ९९१ रहेका छन् ।
यस्तै, माल्दिभ्समा कोरोनाको कारण समस्यामा परेका २७४ जना , कोरियाबाट २८२ जना, साइप्रसबाट ४७१ जना र जापानबाट ९१६ जनाको उद्धार गर्ने भएको छ ।यस्तै अमेरिकाबाट फर्काउन पर्ने नेपालीको सङ्ख्या ६४६ जना, ब्रिटिस क्षेत्रबाट ४९ जना , क्याडानाबाट ७८ जना र अस्ट्रेलियाबाट १३ सय जना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इजरायलबाट ३९ जना, युगाण्डाबाट १६१ जना, नाइजेरियाबाट ९७ जना, दक्षिण सुडानबाट १८ जना, सुडानबाट ३१ जना, मोरक्कोबाट६३ जना, थाइल्याण्डबाट ३५७ जना, सिंगापुरबाट ६१ जना, कम्बोडियाबाट ४१ जना, भियतनामबाट ४ जना, लाओसबाट २ जना, बंगलादेशबाट १८० जना, श्रीलंकाबाट ३६ जना, पाकिस्तानबाट १२५ जना, डेनमार्क, नर्वे, स्वीडेन र फिनल्याण्डबाट ७६ जनाको उद्धार गर्नुपर्ने सूची दूतावासहरुले परराष्ट्र मन्त्रालयलाई पठाएका छन् । गएको शुक्रबार यूएईबाट १६८ जना र म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्किसकेका छन् ।
रोजगारीका लागि मलेसियाबाट मात्रै ४० हजार जनाले फर्कन खोजेको त्यहाँ रहेको नेपाली दूतावासको तथ्याँक छ ।
Comments are closed.