संक्रमितको संख्या ८० पुग्यो, ५ हजार बढि पिसिआर टेस्ट : दाङ
सोमवार दाङमा थप ३ जनामा कारोना संक्रमन पुष्टि भएको छ ।
सोमवार दाङमा थप ३ जनामा कारोना संक्रमन पुष्टि भएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ८० पुगेको छ । सोमवार बंगलाचुली गाउँपालिका वडा नं। १ निवासी ३१,४७ र ७० वर्षीय पुरुषमा कोरोना संक्रमन भेटिएको छ । उनीहरुको स्वाब संकलन महेन्द्र मावि स्यूजाको क्वारेन्टिनवाट गरिएको थियो ।
उनीहरु सबै छिमेकी देश भारतवाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् । त्यस्तै भारतमै मृत्यु भएका घोराही उपमहानगरपालिका वडा नं. १८ निवासी ५९ वर्षीय अर्का एक पुरुष व्यक्तिमा आइतवार नै कोरोना पुष्टि भएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती व्यक्तिको स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
उनको शवको व्यवस्थापन आइतवार नै गरिएको थियो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार हालसम्म प्रतिष्ठानमा ५ हजार १ सय ५९ जनाको पिसिआर परिक्षण भएको छ ।
प्रतिष्ठानमा नमुना संकलन ९ हजार ४ सय ६४ जनाको भएकोमा कोरोना पोजेटिभ रिपोर्ट १ सय ५८ रहेको छ भने नेगेटिभ रिपोर्ट ५ हजार १ जनाको आएको छ । त्यस्तै प्रतिष्ठानको प्रयोगशालामा ४ हजार ३ सय ५ जना परिक्षणको प्रकृयामा रहेको कामु रजिस्ट्रार कैलाशप्रशाद देबले जानकारी दिए ।
उनले एक पटकमा ६ घण्टा लगाएर ९६ वटा परिक्षण गर्न सकिने र पिसिआर मेसिन थप्ने प्रकृयामा रहेकाले त्यसपछि थप सहजता हुने बताए ।
प्रतिष्ठानका चिकित्सक, कर्मचारी, ल्याब टेक्निसियनले उच्च मनोबलका साथ काम गरेको भन्दै उनले एउटै मेसिन हुदा हुदै पनि सिमित स्रोतसाधन प्रयोग गरेर परिक्षण भइरहेको बताए ।
Comments are closed.