Nepal's First Video FM

‘हिरो रिटर्न्स’ डिसहोममा

अभिनेत्री रेखा थापा र अभिनेता सविन श्रेष्ठ अभिनित फिल्म ‘हिरो रिटर्न्स’ डिस होममा रिलिज हुने भएको छ ।

414

अभिनेत्री रेखा थापा र अभिनेता सविन श्रेष्ठ अभिनित फिल्म ‘हिरो रिटर्न्स’ डिस होममा रिलिज हुने भएको छ । पटक–पटक सार्वजनिक प्रदर्शन मिति सर्दै आएको फिल्म चलचित्र घर अगाडि डिसहोम मार्फत टिभीमा रिलिज हुन लागेको हो ।

यहि ३० जेठबाट डिसहोम मार्फत फिल्म रिलिज हुन लागेको निर्माता धुर्व न्यौपानेले जानकारी दिए । ‘कोरोनाको कहर सामान्य भएपछि फिल्म हलमा पनि लाग्नेछ’ उनले भने ‘लकडाउन खुलेको ६ महिनासम्म हलमा दर्शक आउने अवस्था रहन्न् । त्यसैले पहिला टिभीमा फिल्म रिलिज गर्न लागिएको हो ।’

विसं २०७३ सालमा निर्माण भएको फिल्म विभिन्न कारणले प्रदर्शनमा आउन सकेको थिएन । पछिल्लो समय गत बैशाख २६ यो फिल्मको प्रदर्शन मिति तोकिएको थियो । कोरोनाको कारण सरकारले लकडाउन गरेपछि रिलिज स्थिगित हुन पुगेको थियो ।

आशिष भेटवालको निर्देशन रहेको फिल्ममा रेखा र सविनको अलवा दिल श्रेष्ठ, सरोज खनाल, सुलेमान शंकर इकु, सुरेश थापा(दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण थापा, लक्ष्मी गिरी लगायतको अभिनय देख्न सकिन्छ ।

You might also like

Comments are closed.