Nepal's First Video FM

राष्ट्रपति देखि अध्यक्ष सम्म सबै एमाले के बने माओबादी नेता

725

फाल्गुन ११, एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायतका मुख्य पदमा सहमति भएको छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबिचको छलफलपछि ति पदमा भागबण्डा मिलेको हो ।

राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेका तर्फबाट र उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा उपाध्यक्ष माओवादीका तर्फबाट बनाउने गरी सहमति भएको हो ।

एमालेले माओवादीलाई राष्ट्रियसभा अध्यक्ष लिएर सभामुख आफूलाई दिन प्रस्ताव गरे पनि माओवादीले मानेको थिएन ।

राष्ट्रपति, प्रधानमन्त्रीसँगै सभामुख पनि एमालेलाई दिन उचित नहुने भन्दै माओवादीले अडान लिएपछि एमाले लचक बनेको हो ।
पछिल्लो समय मधेसी दलहरुलाई पनि सरकारमा सामेल गराउने प्रयास भइरहेकाले उनीहरुसँग सहमति भएको अवस्थामा केही पदको बाँडफाँटमा हेरफेर हुन सक्ने छ ।

You might also like

Comments are closed.