थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार बिहान सूचना जारी गर्दै नयाँ संक्रमित पुष्टि भएको बताएको हो।
नवलपरासी पूर्व, देवचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ४० वर्षका एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको सूचनामा उल्लेख छ। उनलाई सोही जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको बताइएको छ
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४५ पुगेको छ।
नेपालमा भने कोरोना संक्रमितको संख्या ४ हजार ८६ पुगेको छ।
You might also like
Comments are closed.