Nepal's First Video FM

पाँच जनाको हत्या गर्ने युवकको बयान- कोदालोले हानेर हत्या गरें

सुर्खेत घर भई सोही फार्मममा कार्यरत ३१ वर्षीय झकेन्द्र सिंजालीलाई पक्राउ गरिएको थियो।

1,002

रुपन्देहीको तिलोत्तमा नगरपालिका- १० कान्छिबजारका कृष्ण पुनले सञ्चालन गरेको गंगादेवी पशुफार्ममा कार्यरत पाँच जनाको हत्या आफूले गरेको पक्राउ परेको युवकले स्वीकार गरेका छन्। सुर्खेत घर भई सोही फार्मममा कार्यरत ३१ वर्षीय झकेन्द्र सिंजालीलाई पक्राउ गरिएको थियो।

प्रदेश ५ का डिआइजी रवीन्द्र धानुकका अनुसार ती युवकलाई उक्त फार्म भन्दा केही पर नसामा लट्ठिएर बसेको अवस्थामा पक्राउ गरिएको थियो।

युवकले कोदालाले हानेर हत्या गरेको स्वीकार गरेको धानुकले जानकारी दिए। ‘काममा किचकिच गरिरन्थे रिस उठ्यो अनि कोदालाले हानें’, युवकले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा भनेका छन्।

साथै, युवकले मृतक माधव मुसहरलाई केही दिन पहिला नै ज्यान मार्ने धम्की दिएको पाइएको छ।

हत्या गरेको स्वीकार गरे पनि विस्तृत कारण खुलिनसकेको प्रहरीले बताएको छ।

यसैबीच, मृतक पाँचै जनाको परिचय खुलेको छ। उनीहरु रूपन्देही मुगिया बालापुरका ४० वर्षीय माधव मुसहर र उनकी ३७ वर्षीया श्रीमती जानकी मुसहर छिन्। त्यस्तै, रुपन्देहीको तिलोत्तमा-१० का १६ वर्षीय करण चौधरी, १५ वर्षीय आशिष चौधरी र ठेगाना नखुलेका एक १४ वर्षीय पोखराज मुसहर रहेको प्रदेश ५ का डिआइजी रवीन्द्र धानुकले जानकारी दिए।

You might also like

Comments are closed.