Nepal's First Video FM

मास्क लगाएर रोपियो मार्सीधान : जुम्ला

जुम्ला सदरमुकाम खलंगा बजारमा रहेको कर्णालीकै धार्मिकस्ल चन्दननाथ भैरवनाथ मन्दिरभित्रको खेतमा कालीमार्सी धान रोपिएको छ ।

129

जुम्ला सदरमुकाम खलंगा बजारमा रहेको कर्णालीकै धार्मिकस्ल चन्दननाथ भैरवनाथ मन्दिरभित्रको खेतमा कालीमार्सी धान रोपिएको छ । प्राचीनकालदेखि बाजागाजाहित रोपिने सो खेतमा यसपटक भने कोरोनाका कारण मास्क लगाई सामाजिक दुरी कायम गरी रोपिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका खरिदार रत्न आचार्यले बताए ।

गुठी व्यवस्थापन समितिले यसअघि प्रत्येक वर्ष विधिवत् तरिकाले रोप्दै आए पनि कोरोना भाइरसका जोखिमका कारण कुनैपनि धार्मिक गतिविधि र खेतमा कालीमार्सी धान रोपिएको गुठि व्यवस्थापन समितिले जनाएको छ ।

मार्सी धान जुम्लाको पहिचान हो । मन्दिरको खेतमा उत्पादित धानको चामल परम्परागत रुपमा अक्षता चढाउनका लागि प्रयोग हुने गरेको छ । मन्दिरको खेतमा मार्सीधान रोपाइँका लागि सबै क्षेत्रबाट सहयोग मिलेको छ । मार्सी चामलले बजार पाउन थालेपछि धान जोगाउन स्थानीयवासीले पनि अगुवाइ गर्दै आएका छन् । स्थानीय महिला, विद्यार्थी, शिक्षकलगायतको सहभागितामा रोपिने सो खेतमा यस पटक कोरोनाका कारण मन्दिर वरपरका बासिन्दा र चन्दननाथ सहकारीको सहयोगमा धान रोपिएको सहकारी प्रमुख ऋषिराम पाण्डेले बताए । सो मन्दिरको २४ मुरी खेतमा प्रत्येक वर्ष मार्सीधानको रोपाइँ गरिन्छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.