Nepal's First Video FM

रुपन्देहीमा छाेराकाे हत्याकाे अभियाेगमा बाबु पक्राउ

रुपन्देहीको कञ्चन गाउपालिकामा बाबुले छोराको हत्या गरेका छन् ।

723

रुपन्देहीको कञ्चन गाउपालिकामा बाबुले छोराको हत्या गरेका छन् । घरेलु हतियार प्रहार गरी उनको हत्या गरिएको हो ।

जिल्लाको कञ्चन गाउपालिका वडा नम्बर १ कुचेराका रिमबहादुर कुमालले घरमै सुतिरहेको १५ वर्षिय छोरो सुदीपलाई घांटी,मुख र टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना गएराती साढे १ बजे भएको हो । उनलाइ बिहान तीन बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत घोषणा गरियो ।

You might also like

Comments are closed.