‘प्रधानमन्त्रीज्यू,भ्रष्टाचार र स्वास्थ्य सामग्रीको सूची राखेर संसदमा छलफल गर्न तयार हुनुहुन्छ ?’ गगनको प्रश्न ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले स्वास्थ्य सामाग्री खरिदमा अनियमितताको विषयमा संसदमा खुला छलफलका लागि प्रधानमन्त्री केपी ओलीलाई आह्वान गरेका छन्
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले दिएको जवाफमाथि पूरक प्रश्न सोध्दै थापाले भने, “भ्रष्टाचार, स्वास्थ्य सामग्रीको सूची राखेर संसदमा छलफल गर्नका निम्ति म प्रधानमन्त्रीलाई खुल्ला आह्वान गर्छु । तयार हुनुहुन्छ, सम्माननीय प्रधानमन्त्रीज्यू ? ”
कोरोना भाइरसको बारे प्रधानमन्त्रीलाई धेरै कुरा थाहा नभएको बताए । सरकारले पीसीआर मेसिन ५ वटा किनेको र ती कुन पनि मेसिन नचल्ने पनि उनले बताए ।
“रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले बन्यो ? आफैंले बनाएको क्वारेन्टिनसम्बन्धी मापदण्ड पढ्नुभएको छ ? ,” प्रधानमन्त्रीलाई उनको प्रश्न थियो । प्रधानमन्त्री ओलीले नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बढी भएको बताएपछि थापाले यस्तो प्रश्न गरेका हुन् ।
Comments are closed.