Nepal's First Video FM

कांग्रेसले अफ्ठेरो पार्‍यो : प्रधानमन्त्री ओली

929

कोरोना महामारीका वेला सहयोग गर्नु पर्नेमा उल्टै अप्ठ्यारो पार्न खोजेको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ ६ बजे सुरु भएर राती १० बजेसम्म चलेको बैठकका क्रममा प्रधानमन्त्री यस्तो बताएका हुन्।

‘प्रधानमन्त्रीज्यूले संसद्‍मा कांग्रेसले आलोचना गरेको विषयमा धेरै व्याख्या गर्नुभयो,’ बैठकमा सहभागी एक मन्त्रीले भने, ‘सरकारलाई लक्षित कांग्रेसले आक्रमण गर्न खोज्यो। कोरोना माहामारीका बेला उल्टै सरकारलाई अप्ठ्यारो पार्न खोज्यो भन्ने उहाँको भनाइ थियो।’

You might also like

Comments are closed.