Nepal's First Video FM

उपचार गरेरे फर्कदै गरेका एक जनाको बाटोमै ज्यान गयो

303

मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गरेका एक जनाको बाटोमै मृत्यु भएको छ ।
मालारानी गाउँपालिका वडा नम्बर–४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ बर्षिय यमप्रसाद खनालको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख पुष्पा थापाले बताईन् ।

केही दिन अँघी भारतको महाराष्ट्रबाट आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए । घाँटीको शल्यक्रिया समेत गरेका उनलाई स्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागी हिंजो मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको थियो । सामान्य उपचारपछि उनलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो ।

लुम्विनी प्रादेशिक अस्पतालमा उपचार गरेर घर फर्कदै गरेका उनको गोरुसिंगे–सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको स्थानीय गोकुल रिजालले बताए । उनको गत २१ गते स्वाब परिक्षणका लागि पठाइएको छ । तर, रिपोर्ट भने आई नसकेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

You might also like

Comments are closed.