Nepal's First Video FM

यस्तो छ ५१ दिने मोडालिटी

709

सरकारले तीन चरणमा लकडाउन खोल्ने नीति अपनाएको छ । कोरोना क्राइसिस सेन्टर (सीसीएमसी)को पाँच चरणमा खोल्ने प्रस्तावलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन चरणमा सीमित गरेको हो ।

पहिलो चरणमा सरकारले अत्यावश्यक सेवासहितका विभिन्न २१ क्षेत्र खोल्ने निर्णय गरेको छ । खुला रहने क्षेत्रहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी जनस्वास्थ्यसम्बन्धी मापदण्ड र गृहमन्त्रालयले जारी गरेको सुरक्षा प्रोटोकलको भने अनिवार्य पालना गर्नुपर्नेछ ।

बैंक, वित्तीय संस्था, सबै कार्यालय (सरकारी–गैर सरकारी) मा आधा मात्र कर्मचारी राख्न सरकारले निर्देशन दिएको छ । त्यस्तै आजबाट जोर–विजोर नम्बर प्रणालीका आधारमा सवारी सञ्चालन गर्न अनुमति दिने सरकारले जानकारी गराएको छ ।

आजबाट खुला रहने क्षेत्र

 स्वास्थ्य सेवासँग सम्बन्धी सबै सेवा, निजी क्लिनिक समेत
 औषधि, खाद्य तथा पेय पदार्थ, तरकारी, फलफूल, दुग्ध पदार्थ, अण्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्री–वितरण तथा ढुवानी
 पेट्रोलियम पदार्थको ढुवानी र बिक्री–वितरण
 फोहोरमैलाको व्यवस्थापन
 विद्युत दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक, सम्बन्धी सेवा
 बैंक तथा वित्तीय सेवा, सहकारी र बीमा सेवा
 कृषि बीउबीजन, रासायनिक मल, कृषि औजार–उपकरण र शीतभण्डार सम्बन्धी सेवा र कार्य,
 उत्पादनशील उद्योग
 निर्माण सामग्रसम्बन्धी उद्योग, व्यवसाय
 विकास आयोजना (निजी क्षेत्रबाट प्रबद्र्धितसमेत)
 निर्माण कार्य (निजी क्षेत्रबाट सञ्चालित समेत)
 नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्री–वितरण
 रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
 क्वारेन्टिनका लागि तोकिएका होटल
 बिजुलीका सामान बिक्री र मर्मत
 विद्युतीय उपकरण, मेसिनरी र सवारी साधानको मर्मत गर्ने वर्कसप
 पुस्तक पसल तथा स्टेसनरी
 सबै प्रकारका ढुवानी सेवा
 अत्यावश्यक सेवाका सबै कार्यालय
 अन्य सरकारी कार्यालय, गैरसकारी तथा निजी क्षेत्रका कार्यालय र (बैंक तथा वित्तीय संस्थाहरूमा आधार कर्मचारी रहनेगरी)

सरकारले यसबाहेकका क्षेत्रमा भने बन्दाबन्दी कायम राख्ने निर्णय गरेको छ ।

 शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र
 सपिङ मल, डिपार्टमेन्टल स्टोर
 सिनेमा हल, पार्टी प्यालेस, डान्सबार र सबै प्रकारका मनोरञ्जनस्थल
 अनुमति प्राप्त गरेका बाहेकका राष्ट्रिय–अन्तर्राष्ट्रि उडान
 तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत (भारतबाट आउने नागरिकको हकमा प्रदेश १, २, प्रदेश पाँच र सुदूरपश्चिममा गरी सरकारले २० नाका खुला राखेको छ )
 सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन आदि
 २५ जनाभन्दा बढी भेला हुने बैठक, गोष्ठि, तालिम, सेमिनार आदि
 सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
 व्यावसायिक रूपमा सञ्चालिन स्विमिङ पुल जिमखाना, साउना स्टिम, हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटि–पार्लर लगायत क्षेत्र
 समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति
 अत्यावश्यक सेवाका बाहेक सबै सवारी साधनको हकमा जोर–विजोर प्रणाली लागु गर्ने

पहिलो २१ दिनको स्थितिको विश्लेषण गरेर सरकारले १५ दिनसम्म थप क्षेत्र खुला गर्ने निर्णय गरेको छ ।

आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी विस्तृतमा प्रकाश पारिने एक मन्त्रीले जानकारी दिएका छन् ।

You might also like

Comments are closed.