Nepal's First Video FM

कुवेतमा आममाफी पाएका नेपालीहरू आज फर्किँदै

कुवेतबाट आममाफी पाएका नेपालीहरू आज स्वदेश फर्किने भएका छन्।

534

कुवेतबाट आममाफी पाएका नेपालीहरू आज स्वदेश फर्किने भएका छन्। उनीहरु बुधबारै स्वदेश फर्किने भनिए पनि अन्तिम समयमा कार्यातालिका परिवर्तन भएको थियो।

यसअघि कुवेतस्थित नेपाली दूतावासकी द्वितीय सचिव जानकी ओझाले आममाफी पाएका नेपालीलाई बुधबार जजिरा एयरवेजको दुईवटा फ्लाईटमार्फत स्वदेश पठाइने जानकारी दिएकी थिइन्।

सो उडान बुधबार हुन नसक्नुको प्रष्ट कारण भने खुलाइएको छैन। तर नागरिक उड्डयन प्राधिकरणले विदेशबाट नेपाली लिएर आउने जहाजलाई दिउँसो ३ बजेपछि अवतरण अनुमति नदिने भनेपछि बुधबार ३ बजे अगावै अवतरण गर्न नसक्ने भएकाले बिहीबार मात्र उडान गर्न लागिएको आशंका गरिएको छ। प्राधिकरणले यसअघि पनि कूटनीतिक माध्यमबाट हुने उडानका लागि मात्र अवतरण गर्न अनुमति दिइने बताएको थियो।

‘उडान बुधबार नै हुने कुरा थियो। केही प्राविधिक कारणले उडान रोकिएको हुन सक्छ,’ बुधबार उडान रोकिएपछि दूतावासकी द्वितीय सचिव ओझाले भनेकी थिइन्।

सो उडानमार्फत् ३ सय जनालाई नेपाल ल्याइने छ।

कुवेत सरकारले डेढ महिनाअघि देखि आममाफी पाएका नेपालीलाई सेल्टरमा राखेको छ। उनीहरुलाई नेपाल ल्याउन कुवेत सरकार नेपाल सरकारसँग आग्रह गरेको थियो। तर सरकारले हालसम्म आफ्नै पहलमा कसैलाई पनि नेपाल भित्र्याउको छैन। उनीहरू सबैको नेपाल आउने टिकट खर्च कुवेत सरकारले नै व्यहोर्ने भएको छ। यसअघि म्यानमार र युएईले केही नेपालीलाई काठमाडौं ल्याइदिएका थिए।

You might also like

Comments are closed.