Nepal's First Video FM

सार्वजनिक यातायात सञ्चालनका लागि व्यवसायीहरुसँग छलफल गरिने

सरकारले दुई सिफ्टमा सरकारी कार्यालय खोल्ने तयारी गरेको छ।

409

सरकारले दुई सिफ्टमा सरकारी कार्यालय खोल्ने तयारी गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले भिडभाड नहुनेगरी दुई सिफ्टमा कार्यालय खोल्ने निर्णय भएको एक मन्त्रीले सेतोपाटीलाई बताए।

ती मन्त्रीका अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म एक सिफ्ट र दिउसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट सरकारी कार्यालय खुल्नेछन्।

‘दुई सीफ्टमा काम गर्ने गरी सरकारी कार्यालय खोल्ने निर्णय भएको छ। यसो गर्दा काम पनि पुरै हुने र भिडभाड पनि रोक्न सकिन्छ भन्ने रहेको छ’, ती मन्त्रीले भने,’सायद असार १ गतेदेखि यसरी काम हुन्छ होला। विस्तृत रुपमा योजना बनेलगत्तै यसको कार्यान्वयन हुन्छ।’

सार्वजनिक यातायातलाई सञ्चालन गर्ने विषयमा पनि सरकारले व्यवसायीहरुसँग छलफल गर्ने उनले बताए।

भौतिक दुरी कायम गरेर सार्वजनिक यातायात सुचारु गर्न सकिन्छ की सकिदैन भनेर यातायात व्यवसायीहरुसँग सरकारले छलफल गरेपछि मात्रै निर्णय हुने ती मन्त्रीको भनाइ छ।

‘भौतिक दुरी कायम गर्ने र सुरक्षा सतर्कता अपनाउने भनेपछि यात्रुहरु थोरै राख्नुपर्छ। सधैं कोचाकोच गरेर यात्रु राख्ने हाम्रा सार्वजनिक यातायातहरुले कसरी व्यवस्थापन गर्न सक्छन् भनेर समेत छलफल गर्न जरुरी छ’, उनले भने,’थोरै यात्रु राखेर चलाउँदा भाडा बढी लिन खोज्लान्। यसको व्यवस्थापन कसरी गर्ने भनेर समेत सरकारले छलफल गर्नुपर्छ।’

विभिन्न चरणमा लकडाउन खुकुलो पार्दै जाने निर्णय भएपनि सरकारले यस बारेमा अन्तिम निर्णय गर्न बाँकी रहेको उनले बताए।

सरकारले बिहीबारदेखि नै लागु हुनेगरी जोर बिजोर प्रणाली अनुसार निजि सवारी साधन चलाउन सकिने निर्णय गरेको छ।

निजी गाडीमा चालक बाहेक २ जना र मोटरसाइकलमा १ जना मात्रै बस्न पाउनेगरी सवारी साधन चलाउन दिने निर्णय समेत भएको छ।

You might also like

Comments are closed.