Nepal's First Video FM

मोटरसाइकलमा एक जनामात्रै चढ्न पाइने, गाडीमा चालकसहित तीन !

642

सरकार ले लक्कडाउन को नया मोडालिटि अन्तर गत निजी गाडीमा चालकबाहेक थप दुई जना मात्रै सवार हुन पाइने भएको छ। त्यस्तै साइकल मोटरसाइकल पनि सञ्चालन हुन पाउने छन्। साइकल तथा मोटरसाइकलमा एकजना मात्रै अर्थात चलाउनेमात्रै सवार हुनुपर्नेछ।

मन्त्रिपरिषद बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै अर्थ, सूचना तथा संचार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन्।

निजी सवारीसाधन जोर-बिजोर प्रणालीबाट सञ्चालन हुने छन्। यस्ता सवारीसाधन काठमाडौंका हकमा उपत्यकाभित्र र बाहिर एक जिल्लाभित्र मात्रै सञ्चालन हुन पाउने छन्।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.