Nepal's First Video FM

एसइईको नतिजा एक महिनाभित्र प्रकाशन हुन्छ : शिक्षामन्त्री पोखरेल

582

विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को नजिता एक महिनामा प्रकाशन हुने भएको छ। कोरोना संक्रमणको जोखिमका कारण परीक्षा सञ्चालन गर्न नसकिने भएपछि सरकारले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने भएको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एक महिनाभित्रमा सबै काम सम्पन्न गरी नतिजा प्रकाशन गरिने बताए। विद्यालयले जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा आन्तरिक मूल्याङनको विवरण पठाउनुपर्ने छ। इकाइले राष्ट्रिय परीक्षा बोर्डमा विद्यालयहरुले पठाएको विवरण पेश गरेपछि कार्यविधि अनुसार नतिजा प्रकाशन गर्ने छ।

विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तह र एसईई सञ्चालनको जिम्मा प्रदेश सरकारलाई छ। यद्यपि महामारीको समयमा व्यवहारिकतालाई ध्यान दिँदै बोर्डले आवश्यक कार्यविधि बनाएर परीक्षाफल प्रकाशन गर्ने मन्त्री पोखरेलले जानकारी दिए। 

हाल तीन हजार भन्दा बढी विद्यालयहरु क्वारेन्टाइनका रुपमा प्रयोग भएको र संक्रमणको जोखिम आगामी २ महिना बढ्न सक्ने आँकलन भइरहेका बेला सरकारले एसईई परीक्षाको सवालमा यस्तो निर्णय गरेको मन्त्री पोखरेलले बताए।

You might also like

Comments are closed.