समुदायमा कोरोना फैलिन पाएन भनेर खुसी देखिएका चितवनका प्रशासक, चिकित्सक तथा जनप्रतिनिधिहरु सोमवार साँझ एकैपटक २० जना संक्रमित थपिएपछि झस्किए । भारतबाट आएर क्वारेन्टिनमा बसेकादेखि अस्पतालका चिकित्सक र नर्ससम्मलाई कोराना संक्रमण देखिएपछि डराउनु स्वाभाविक हो । त्यसैले त चितवनका स्थानीय तहहरुले धमाधम वडा सिल गरेका छन् ।
भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुले उतैबाट कोरोना लिएर आएको हुनसक्ने अनुमान गरिए पनि चिकित्सक र नर्सलाई कसरी संक्रमण भयो भन्ने भेउसम्म यहाँका चिकित्सक र सम्बन्धित निकायले पाउन सकेका छैनन् । भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका ६८ वर्षीय वृद्ध, नारायणी सामुदायिकका चिकित्सक र मनकामना अस्पतालकी एक नर्सलाई कसरी कोरोना संक्रमण भयो भन्ने कुरा अझै थाहा हुन सकेको छैन ।
कोरोना संक्रमितमध्ये भरतपुर महानगरपालिकाका धेरै छन् । महानगरपालिकाका ९ वटा वडामा कोरोना संक्रमित देखिएका छन् । कालिका नगरपालिकामा १ जना, भरतपुर महानगरको वडा नं. ४ मा एक जना, वडा नं. ५ मा एक जना, वडा नं. ६ मा तीन जना, वडा नं. ११ मा एक मृतकसहित दुई जना, वडा नं. १९ मा एक जना, वडा नं. २० मा एक जना, वडा नं. २२ मा एक जना, वडा नं. २७ मा एक महिलासहित दुई जना, वडा नं. २८ मा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।
यसअघि, भरतपुर महानगरपालिका वडा नं. ६ मा तीन जना संक्रमित भेटिएका थिए । उनीहरुमध्ये दुई जनाको भरतपुर अस्पताल र अर्का एक जनाको भरतपुर कोरोना अस्पतालमा उपचार भैरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले जिल्लामा कोरोना संक्रमण समुदायमा जान थालेको बताए । यसलाई समयमा नै नियन्त्रण गर्न नसकिए समस्या ठूलो बन्ने उनी बताउँछन्
महानगरमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ । सोमबार संक्रमण पुष्टि भएकामध्ये पूर्वी चितवनको रत्ननगर नगरपालिका घर भएका एक चिकित्सक र माडी नगरपालिका वडा नं. १ का ६ जना छन् । राप्ती नगरपालिका वडा नं. ८ मा दुई आमा–छोरा कोरोना संक्रमणबाट निको भएर घर फर्किसकेका छन् ।
संक्रमित चिकित्सक चितवनबाट पास लिएर काठमाडौं प्रस्थान
सोमबार चितवनमा संक्रमित पुष्टि भएका अर्का एक चिकित्सक सवारी पास बनाउन जिल्ला प्रशासन कार्यालय पुगेको पाइएको छ । चितवन मेडिकल कलेजबाट पासआउट भएका काठमाडौं इचङ्गुनारायणका ती चिकित्सक लाइसेन्सको लागि नेपाल मेडिकल काउन्सिल जान भन्दै सवारी पास बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
Comments are closed.