Nepal's First Video FM

नेपालीद्वारा नेपालीलाई नै ठगी ,अष्ट्रेलियामा महंगो ब्याजको प्रलोभन

अष्ट्रेलियामा महंगो ब्याजको प्रलोभन देखाएर नेपालीले नेपालीलाई नै ठगी गर्ने प्रवृति बढेको छ।

560

अष्ट्रेलियामा महंगो ब्याजको प्रलोभन देखाएर नेपालीले नेपालीलाई नै ठगी गर्ने प्रवृति बढेको छ।

नेपालबाट पैसा मगाइदिने, उच्च सटही दरमा नेपाल पैसा पठाइदिने तथा महंगो ब्याजसहित फिर्ता गर्ने शर्तमा पैसा सापटी लिने र सम्बन्धितलाई पैसा नतिर्ने प्रवृति बढेको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ।

यस्ता ठगीमाथि दूतावासमा व्यापक उजुरी परेको दूतावासले उल्लेख गरेको छ।

यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई कानुनको दायरामा ल्याई पीडितको समस्या सम्बोधन गर्ने सम्बन्धमा १० जुन २०२० मा छलफल समेत गरेको थियो।

नेपाल राष्ट बैंकका प्रतिनिधि, अष्ट्रेलियास्थित महावाणिज्य दूतहरु, गैह्रआवासीय नेपाली संघ, नेपाली समुदायका सदस्यहरु र अष्ट्रेलियामा रहेका कानुन व्यवसायी तथा पीडितहरु समेतको उक्त छलफलमा आफूहरु मर्कामा परेको भन्दै कानुनी उपचारका लागि अनुरोध गरेका थिए।

विभिन्न प्रलोभनमा हजारौं डलर ठगी गरेको र कतिपय अवस्थामा त्यस्ता व्यक्तिहरुले पैसा नभएको चेक दिएर झुलाउने गरेको पीडित पक्षको गुनासो थियो।

पीडितहरुका गुनासा तथा ठगीको प्रकृतिका आधारमा छलफलमा सहभागी कानुन व्यवसायीहरुले कानुनी उपचारका विभिन्न विकल्पहरु सुझाएका छन्।

नेपाल राष्ट बैंकका प्रतिनिधिहरुले त्यस्तो कार्यमा संंलग्न भएका व्यक्तिहरुका बारेमा सप्रमाण उजुरी परेमा अष्ट्रेलियाका सम्बन्धित निकायहरुसँग समन्वय गरी नेपालबाटै पनि कारबाही गर्न सकिने जानकारी दिए।

यस सन्दर्भमा विभिन्न बहाना बनाई ठगी कार्यमा संलग्न व्यक्तिहरुलाई त्यस्तो कार्य तत्काल बन्द गर्न पीडितहरुलाई तिर्न, बुझाउन बाँकी रकम तत्काल बुझाउन दूतावासले आग्रह गरेको छ।

सो कार्य गरेको नपाइएमा त्यस्ता व्यक्तिहरु उपर कडा कारबाहीका लागि नेपाल र अष्ट्रेलियाका सम्बन्धित निकायहरुमा सिफारिस गरिने दूतावासले जनाएको छ।

You might also like

Comments are closed.