Nepal's First Video FM

माफ गर्नुहोला, ‘तपाईले खोज्नुभएको सरकार ‍‍‍‍‍‍यस्तो बेलामा पनि भ्रष्टाचार गर्नमा व्यस्त छ’

630

सामाजिक सञ्जालमा सञ्चालित अभियानमार्फत सरकारविरुद्ध प्रदर्शन गर्दै आएका युवाहरुको समूहले शुक्रबार काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरेका छन् ।

यसअघि यो समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर पनि प्रदर्शन गरेको थियो । मास्क र मुकुण्डो लगाएर भेला भएका युवाहरुले कोरोना संक्रमितको पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने, कोरोना महामारी रोकथामको काममा खर्च भएको रकम पारदर्शी बनाउनुपर्नेलगायतका माग राखेका छन् ।

बडो गजबको कुरा त के छ भने प्रदर्शनकारीले बोकेको एउटा प्लेकार्डमा दूरसञ्चार कम्पनी टेलिकमको मोवाइलमा सम्पर्क गर्दा आउने सन्देशकै शैलीमा लेखिएको थियो ‘माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नुभएको सरकार अहिले यस्तो समयमा पनि भ्रष्टाचार गर्नमा व्यस्त छ ।’

Photo credit by Online Khabar

You might also like

Comments are closed.