एकैदिनमा पाकिस्तानमा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण पाकिस्तानमा पनि अत्यधिक बढ्दै गइरहेको छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण पाकिस्तानमा पनि अत्यधिक बढ्दै गइरहेको छ।
पछिल्लो २४ घण्टामा पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमितहरू भेटिएको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा ६ हजार ३ सय ९७ जनामा कोरोन भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयले योसँगै पाकिस्तानमा कुल सङ्क्रमितको सङ्ख्या एक लाख २५ हजार ९ सय ३३ पुगेको शुक्रबार जानकारी दिएको छ। त्यसैगरी कोरोना भाइरसका कारण देशभरी अहिलेसम्म २ हजार ४ सय ६३ जनाको मृत्यु भएको छ। तीमध्ये १०७ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ।
पाकिस्तानमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म ४० हजार २ सय ४७ जना निको भएको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
पञ्जाब प्रान्तमा सबैभन्दा धेरै सङ्क्रमित रहेको पाइएको छ। पञ्जाबमा अहिलेसम्म ४७ हजार ३ सय ८२ जना सङ्क्रमित भएका छन् भने दोस्रो धेरै सङ्क्रमितहरू रहेको सिन्ध प्रान्तमा ४६ हजार ८२८ जना सङ्क्रमित भएका छन्।
त्यसैगरी खैबर पाख्तुङख्वामा १५ हजार ७ सय ८७ जना, बालुचिस्तानमा सात हजार ६ सय ७३ जना, इश्लामावादमा ६ हजार ६ सय ९९ जना, गिल्गिट बाल्टिस्तानमा १ हजार ३० जना र पाकिस्तान नियन्त्रित काश्मिरमा ५ सय ३४ जना सङ्क्रमित रहेको अधिकारीहरूले जनाएका छन्।
देशभरी कूल आठ लाख ९ हजार १ सय ६९ जनाको कोरोना परीक्षण गरिएको र तीमध्ये पछिल्लो २४ घण्टामा २८ हजार ३ सय ४४ जनाको परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्।
Comments are closed.