Nepal's First Video FM

१० दिनमै १ लाख बिरामी, मृतक संख्यामा पनि भारत एशियाको पहिलो

भारतमा शुक्रबार कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो ।

580

भारतमा शुक्रबार कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो । अब भारत दुनियाँको चौथो देश हो, जहाँ ३ लाखभन्दा धेरै कोरोना संक्रमित छन् । भारतमा पहिलो संक्रमित ३० जनवरीमा फेला परेका थिए ।

त्यसको १ सय १० दिन अर्थात् १० मेइमा यो संख्या १ लाखमा पुग्यो । त्यसपछि रफ्तार यति तिव्र देखियो, २५ दिनभित्रै यो आँकडा ३ लाखमा पुग्यो । अमेरिकामा कुल तीन लाख संक्रमित संख्या पुग्न ८२ दिन लागेको थियो । भारतमा १ सय ३५ दिनमा तीन लाख संक्रमित पुगे ।

अहिलेको आँकडाअनुसार भारतमा हरेक ५ दिनमा ५० हजार संक्रमित फेला परिसकेका छन् । भारतमा संक्रमितसँगै कोरोबाट निको हुनेको संख्या पनि बढेको छ । यहाँ निको हुनेको दर ४९ दशमलव ३४ प्रतिशत छ ।

मृतक संख्या पनि एशियामै पहिलो

संक्रमित संख्यामा अमेरिका, ब्राजिल र रुसपछि विश्वको चौथो स्थानमा रहेको भारत एशियामा भने पहिलो हो । मृतक संख्यामा पनि शुक्रबारबाट ईरानलाई उछिनेर भारत एशियाको पहिलो नम्बरमा आयो ।

भारतमा कोरोनाका कारण ८ हजार ७ सय १८ जनाको मृत्यु भइसकेको छ । एशियाली देशमध्ये भारतपछि ईरानमा सर्वाधिक ८ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ ।

You might also like

Comments are closed.