Nepal's First Video FM

दाङमा एक जनाको त्रिशुलले हानेर हत्या

पश्चिम दाङमा त्रिशुल प्रहारबाट एक व्यक्तिको हत्या गरिएको छ ।

717

पश्चिम दाङमा त्रिशुल प्रहारबाट एक व्यक्तिको हत्या गरिएको छ । बबई गाउँपालिका–३ धनुमास निवासी २८ बर्षका बालीराम वलीले सोही ठाउँ निवासी ४७ बर्षका नारायण डाँगीलाई फलामको त्रिशुलले हानेर हत्या गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मोहन विक्रम केसीका अनुसार त्रिशुल प्रहारबाट घाइते डाँगीको उपचारका लागि तुलसीपुर लग्दै गर्दा बाटोमा मृत्यु भएको हो । घटना आज बिहान सवा ७ बजे भएको थियो ।

हत्याको आरोप लागेका वली पनि घाइते भएको र उनको पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । वलीको प्रहरीको निगरानीमा उपचार भइरहेको छ

You might also like

Comments are closed.