काठमाडौं । प्रतिनिधिसभा बैठकबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएको छ ।
शनिबारको प्रतिनिधिसभा बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको हो । प्रतिनिधिसभाले संविधानको अनुसूची ३ को व्यवस्था संशोधनका लागि प्रतिनिधि सभामा पेश गरेको थियो। सरकारले प्रस्तुत गरेको संशोधनमा शनिबार छलफल गर्दै पारित गरेको हो।
संशोधनको विपक्षमा एकमत पनि नपर्दै सो प्रस्ताव पारित भएको हो। सबै दलका उपस्थित सांसदहरु संशोधन प्रस्तावको छलफलमा सहभागी भएका थिए। तर सरिता गिरी भने छलफलमा सहभागी भइनन्।
नेपाल सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ ।
नेपालको नयाँ राजनीतिक नक्सा जारी भएसँगै सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक अघि बढाएको थियो ।
Comments are closed.