Nepal's First Video FM

नक्सा पारित भएको खुसीमा देशभर दीप प्रज्वलन

578

संविधान संशोधन विधेयक संसदबाट पारित भएको खुसीयालीमा सर्वसाधारणले थपिएको भूभागसहितको नक्सामा दिप प्रज्वलन गरेका छन् । नेपालको जमिन नक्सामा ल्याउन नेपालका सम्पूर्ण राजनितिक दलहरु एकै ठाउमा आएर राष्ट्रियताको पक्षमा एकजुट भएको खुसीयालीमा दिप प्रज्वलन गरिएको हो ।  

नेपाल कम्युनिष्ट पार्टी र उसको भात्रृ संगठनले बेनीबजारको बिरेन्द्रचोकमा एक कार्यक्रम गरी छिमेकी राष्ट्र भारतबाट अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरि नक्सा सार्वजनिकसँगै संसद बैठकले पारित गरी एकताको सन्देश प्रवाह गरेको अवसरमा दिप प्रज्वलन गरिएको हो । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले एतिहाँसिक दिनको अवसरमा खुसीयाली साट्न दिपावली गरिएको बताए । ‘आज घरघरमा दिपावली गर्नुहोस्,‘यो एउटा एतिहाँसिक दिन हो’ पौडेलले भने ।  

गाईघाटसँगै जलजले, कटारी, बेलटार र बेलका नगरपालिकाको रामपुर बजारलगायत बिभिन्न ठाउँहरुमा पनि स्थानीय युवा विद्यार्थी भेला भएर दिपावली गर्दै खुसी मनाएका छन् । दिपावलीमा स्थानीय अधिकारकर्मी, राजनीतिक दल, पत्रकार, कानुन व्यवसायी, महिला र मजदुरहरुको पनि सहभागिता रहेको थियो । 

You might also like

Comments are closed.