Nepal's First Video FM

पहिरोले पुरिएर तीन जनाको मृत्यु, ६ वेपत्ता : पर्वत

दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ।

261

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ।

पहिरोले पुरिएर ६ वेपत्ता भएका छन्।

शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोले पुरेपछि ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको मृत्यु भएको हो।

यसैगरी थापाको घरमा रहेका अन्य तीन र कमला विकको घरमा रहेका तीन जनालाई पहिरोले वेपत्ता पारेको छ। वेपत्ता हुनेहरुमा सम्राट थापा, दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक छन्।

उनीहरुको स्काभेटर प्रयोग गरी खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए।

स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए।

अहिले बिहानबाट पुनः उद्धारकार्य सुरु भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए।

शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो।

पहिरोले उनीहरुका घरमा रहेका पशुचौपायासमेत मरेका छन्।

स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको थियो।

वर्षाकै कारण पहिरो आएको हुनसक्ने स्थानीय प्रमुख गुरुङले बताए।

You might also like

Comments are closed.