Nepal's First Video FM

नेपाल-यूएईको बाँकी फाइनल खेल आज हुँदै

5
एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपाल र युएईबीच फाइनल बाँकी खेल आज पुनः हुँदै छ । हिजो वर्षाका कारण अवरुद्ध भएको खेल आज पुनः सुरू हुन लागेको हो । टीयू क्रिकेट मैदानमा हिजो २७.३ ओभरको खेल भएपछि पानी दर्केको थियो । यो अवस्थामा यूएईले ९ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । आज बिहान ९ बजे सोही स्थितिबाट खेल सुरू हुनेछ । 

आज पनि वर्षाले खेल प्रभावित भए सुपर ओभर हुनेछ । सुपर ओभर पनि हुने स्थिति नरहे एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताका आधारमा यूएईभन्दा अगाडि रहेको नेपाल विजयी घोषणा हुँदै एसिया कपमा छनोट हुनेछ ।

You might also like

Comments are closed.