Nepal's First Video FM

सिमाना खुल्ला :युरोप

युरोपेली मुलुकहरूको आपसी सिमाना सोमबारदेखि पुनः खुल्ला गरिएको छ।

603

युरोपेली मुलुकहरूको आपसी सिमाना सोमबारदेखि पुनः खुल्ला गरिएको छ।

कोरोना भाइरसको सङ्क्रमणको डरका कारण विगत झण्डै तीन महिनादेखि ती देशहरुको सिमाना बन्द गरिएको थियो।

सिमानाहरु खुल्ला गरिएपनि कतिपय शर्त तथा प्रतिबन्धनाात्मक व्यवस्था भने अझै पनि लागू नै हुने अधिकारीहरुले जानकारी दिएका छन्।

त्यसैगरी अमेरिकी, एशियाली र अन्य विदेशी पर्यटकहरुलाई पनि युरोपेली देशहरुमा प्रवेशका लागि अझै खुल्ला गरिएको छैन।

युरोपेली संघअन्तर्गतका २७ देशहरु र केही ‘सेन्जेन’ देशहरुसँगै संघको सदस्य नरहेका देशहरुमा पनि अन्य देशका नागरिकहरु केही समय आवतजावत नगर्ने अपेक्षा गरिएको छ। यो अवस्था कम्तिमा पनि अर्को महिना सुरु नहुँदासम्म रहने अनुमान गरिएको छ।

सिमाना खुल्ला गरिएको र रेस्टुरेन्टहरु पुनः सञ्चालन गर्नेसम्बन्धी घोषणा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले गरेका थिए। उनले सङ्कटपछिको नयाँ अवस्थामा आफूहरु फर्किएको बताउँदै सङ्कटविरूद्धको लडाईंपछि पहिलो नयाँ थालनी भएको उल्लेख गरेका छन्।

उनले महामारीविरूद्धको लडाईंको नयाँ चरणमा प्रवेश गरिएपनि चुनौती र खतरा भने कायमै रहेको ध्यानाकर्षण समेत गराए। राष्ट्रपति म्याक्रोले भने, ‘हामी फेरि केही खुकुलो भयौं भन्नुको अर्थ भाइरस पुरै हराइसक्यो भन्ने बुझ्नुहुँदैन।’

युरोपेली देशहरूमा अहिलेसम्म कोरोना भाइरसका कारण झण्डै १ लाख ८२ हजार मानिसको मृत्यु भइसकेको तथ्याङ्क छ भने झण्डै २० लाख मानिस सङ्क्रमित भएका भइसकेका छन्।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले विश्वभरी झण्डै ८० लाख मानिस सङ्क्रमित भएको जनाएको छ।

You might also like

Comments are closed.