Nepal's First Video FM

२४ घण्टामा ब्राजिलमा ३७ हजार कोरोना संक्रमित: ब्राजिल कोरोना संक्रमणको दुई नम्बर सूचीमा

450

काठमाडौं । कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको ब्राजिलमा यसको क्रम झन् बढ्दै गइरहेको छ । लकडाउनमा छुट् दिएसँगै संक्रमण फैलिने क्रम झन् बढ्दो छ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा ३७ हजार कोरोना संक्रमित थपिएका छन् ।ब्राजिलमा हालसम्म संक्रमितको संख्या लाख ६७ हजार ६२४ पुगिसकेको विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा ४३ हजार ३३२ संक्रमितको मृत्यु भइसकेको  

ब्राजिल विश्वमा अमेरिका पछि कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित र मृत्यु हुने देशको सूचीमा दुई नम्बरमा छ । ब्राजिलले अघिल्लो हप्ता कोरोना संक्रमित र मृत्यु हुनेको जानकारी दिन बन्द गर्दै स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकरिक वेभसाइटबाट संक्रमित र मृतकको विवरण हटाउँदै अब यसबारे जानकारी नदिने बताको थियो । 

तर त्यहाँको सर्वोच्च अदालतले हटाएको विवरण तत्काल राख्न र दैनिक संक्रमित र मृतकको विवरण पारदर्शी बनाउन आदेश दिएपछि पुनः विवरण दिन सुरू गरेको थियो । 

विश्व स्वास्थ्य संगठनले पनि ब्राजिलले कोरोना सम्बन्धी जानकारी पारदर्शी रुपमा दिन नचाहेको भन्दै यसमा पारदर्शी हुन आग्रह गरेको थियो । उसले लकडाउनमा छुट नदिन पनि आग्रह गर्दै आएको छ । 

You might also like

Comments are closed.