Nepal's First Video FM

कोरोनाबाट थप एकजनाको मृत्यु, देशभर ज्यान गुमाउनेको संख्या २० पुग्यो

356

बाँकेमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिकाकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

उनकाे नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा असार १ गते मृत्यु भएको थियाे । मृत्युपछि मात्रै स्वाव संकलन गरी काेराेना परीक्षण गरिएकाे थियाे । मंगलबार साँझ उनकाे रिपाेर्ट रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयाे ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ भने देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

बाँकेमा यसअघि नरैनापुरका युवकको कोरोनाबाट मृत्यु भएको थियो । बाँकेमा ३ सय २३ जना संक्रमित देखिदा दुई सय सात जना डिस्चार्ज भएका छन् ।

You might also like

Comments are closed.