Nepal's First Video FM

पहिरोले विद्यालयको भवन बगायो

397

ताप्लेजुङमा पहिराेले एक विद्यालयको भवन बगाएकाे छ । गएरातिको अविरल वर्षपछि गएकाे पहिरोले फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर-४ ईखाबू, खानीमा रहेकाे रानी आधारभूत विद्यालयको ४ कोठे भवन बगाएकाे हाे ।

विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाका अनुसार पहिरोले विद्यालयको ४ कोठे भवन, २ कोठे पक्की ट्वाइलेट, विद्यालयको खाजाघर समेत बगाएकाे छ ।

ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र कुमार श्रेष्ठका अनुसार स्थानीयले लगाएको मकैवारीमा पनि क्षति पुगेको छ । घटनास्थलतर्फ प्रहरी चौकी तापेथोकको प्रहरी टोली परिचालन गरिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयाे ।

You might also like

Comments are closed.