अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन्। शितगंगा नगरपालिका वडा नं. ५ स्थित हरी माविको क्वारेन्टिनमा रहेका सोहि वडाका ४३ वर्षीय पुरुषले बुधवार विहानपख झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक माधव बुढाथोकीले जानकारी दिए।
विहान ३ बजेतिर आफुसँगै रहेका दुईजनालाई समेत उठाई शौचालय गएको र आएपछि सँगै रहेका साथीहरु सुतेपछि फर्किएर गई आत्महत्या गरेको बुढाथोकीले जानकारी दिए।
उनी क्वारेन्टिन रहेको विद्यालय परिसरमा रहेमा खनियाको बोटमा आफ्नै ओछ्यानमा विच्छाएको तन्नाले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए।
गत जेठ १० गते भारतबाट आएर क्वारेन्टिन बस्दै आएका उनको आरडिटी परिक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको भएपनि पिसिआर रिपोर्ट भने आइनपुगेको नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए।
Comments are closed.