Nepal's First Video FM

भारतीय प्रधानमन्त्री मोदीले बोलाए सर्वदलीय बैठक

708

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक बोलाएका छन् । लद्दाखस्थित चीनसँगको सीमाक्षेत्र गलवान घाँटीमा चिनियाँ सेनासँगको भिडन्तका क्रममा २० जना भारतीय सैनिक मारिएपछि मोदीले बैठक बोलाएका हुन् ।

शुक्रबार साँझ ५ बजे बोलाएको भर्चुअल बैठकमा सबै पार्टीका अध्यक्षहरूले भाग लिनेछन् । भारतीय सैनिक मारिएको घटनापछि विपक्षी भारतीय कांग्रेसले लगातार सीमाक्षेत्रमा भएको घटनाको वास्तविकता जानकारी गराउन माग गर्दै आएको छ ।

भारतका अन्य राजनीतिक दलहरूले सीमाका विषयमा सरकारले गर्ने हरेक निर्णयको समर्थन गर्ने बताएका छन् ।

You might also like

Comments are closed.