एजेन्सी । भारतको तमिलनाडु राज्यको राजधानी चेन्नई र आसपासका तीन जिल्लामा पुनः लकडाउन लागु गरिएको छ ।
दोस्रोपटक लकडाउन लागु गरिएका स्थानमा आवश्यक सामान बिक्री गर्ने पसल र मेडिकल स्टोर मात्रै खुल्ने भएका छन् । १२ दिनका लागि लागु गरिएको लकडाउन जुन ३० सम्म जारी रहनेछ ।
चेन्नईमा ३७ हजारभन्दा बढी कोरोना संक्रमित छन् , तमिलनाडुमा अहिलेसम्म ६ सय संक्रमितको मृत्यु भइसकेको छ ।बिबिसी
Comments are closed.